राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको भोलि (मंगलबार) बस्ने तय भएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबार दिउँसो १ः०१ बजेका लागि बेलाइएको बैठक स्थगित भएको हो ।
संघीय संसद्का महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै विशेष कारण बैठक बस्न नसकेको जानकारी दिए ।
अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले तय गर्ने उनले बताए ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० १३:२२
प्रतिक्रिया दिनुहोस्