site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायललाई बाइडेनको चेतावनी– गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुने चेतावनी दिएका छन् । एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा उनले गाजाका मानिसलाई त्यहाँबाट निस्कन र मानवीय सहायताका लागि करिडोर खोल्न दिनुपर्ने विषयलाई समर्थन गरेको बताए ।

बाइडेनले अक्टोबर ७ मा इजरायलमा हमला गर्ने प्यालेस्टाइनी लडाकु समूह हमासलाई समाप्त गर्नुपर्ने टिप्पणी पनि गरेका छन् । इजरायलले उत्तरी गाजाका ११ लाखभन्दा बढी मानिसलाई दक्षिणतर्फ जान भनेको छ । सीमानजिक सयौँको संख्यामा ट्यांक र सैनिक राख्दै इजरायल गाजा कब्जा गर्नेतर्फ अग्रसर देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी युद्धबीच बाइडेनले आउँदा दिनमा इजरायल भ्रमण गर्न सक्ने समाचार एजेन्सी एपीले जनाएको छ ।

प्यालेस्टाइनी नागरिकलाई विशेष गरी गाजामा संयुक्त राष्ट्रसंघ, इजिप्ट, जोर्डन, इजरायल र अरू क्षेत्रीय सरोकारवालासँगको समन्वयमा तत्काल आवश्यक मानवीय सहायता प्रदान गर्ने राष्ट्रपतिको प्रयास रहेको ह्वाइट हाउसले जनाएको छ ।

Global Ime bank

यसैबीच, इजिप्टतर्फको गाजाको सीमानाका मानवीय सहायता पठाउन खोल्ने अपेक्षा गरिएको छ । धेरै देशहरूबाट संकलित सयौँ मेट्रिकटन सहायता सामग्री इजिप्टको सिनाई प्रायद्वीपमा रोकिएको छ । सहायता सामग्री सुरक्षित रूपमा गाजामा पठाउन र त्यहाँ रहेका विदेशी नागरिकलाई बाहिर निकाल्न रफाह नाका खोलिने बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँगको भेटपछि यस्तो बताएका हुन् । राष्ट्रसंघ, इजिप्ट, इजरायल र अरू सरोकारवालाको समन्वयमा रफाह नाका खोल्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

ब्लिन्केनले नाका कहिले खोलिन्छ भन्ने निश्चित समय भने तोकेका छैनन् । आइतबार अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ डेभिड सेटरफिल्डलाई मध्यपूर्वका निम्ति मानवीय मामिला विशेष दूतका रूपमा नियुक्त गरेको छ । उनी सोमबार इजिप्ट आइपुग्ने र थप काम गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय