site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको छ : चीन

बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकमाथि गरिएको सामूहिक कारबाही इजरायली सरकारले बन्द गर्नुपर्ने बताएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ ।

इजरायलले गाजामा हमास लडाकुमाथि जमिनबाट आक्रमण गर्ने तयारी गरेका बेला विदेशमन्त्री यीले शनिबार साउदी अरेबियाका आफ्ना समकक्षी राजकुमार फैजल बिन फरहानलाई फोन गरेर उक्त टिप्पणी गरेका हुन् ।

“इजरायलको कदम आत्मरक्षाको दायराभन्दा बाहिर गएको छ,” यीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ ।” यीको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको मध्येकै कडा हो ।

उत्तरी गाजामा रहेका १० लाखभन्दा बढी सर्वसाधारणलाई अपेक्षित आक्रमण हुनुभन्दा अगाडि नै भाग्न आदेश दिइएको छ । सर्वसाधारणको बाध्यकारी बहिर्गमनले मानवीय संकट निम्तने भन्दै सहायताकर्मीले चिन्ता व्यक्त गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro