site stats
बाह्रखरी :: Baahrakhari
विदेश
प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस

काठमाडौं । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् । उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरे ।

उनीहरूले प्यालेस्टाइनको रातो, कालो र हरियो झन्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए । कतिपयले ‘फ्री प्यालेस्टाइन’, ‘प्यालेस्टाइनलाई साथ दिनुहोस्’, ‘व्यवसाय आतंकवाद हो ?’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले गाजामा युद्ध बन्द गर्न, निर्दोष नागरिकको हत्या रोक्न र इजरायली रंगभेदलाई दिइने सबै सहायता बन्द गर्न माग गरेका थिए । उनीहरूले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका निम्ति पहल गर्न समेत आग्रह गरे ।

प्यालेस्टाइनको समर्थनमा सडकमा उत्रिए लिबियावासी
लिबियालीले पनि प्यालेस्टाइनीको समर्थनमा प्रदर्शन गरेका छन् । गाजापट्टीमा इजरायली हवाई हमलाको निन्दा र एक हप्तायता जारी युद्धको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

Global Ime bank

शनिबार लिबियाको राजधानी त्रिपोलीको सहिद स्क्वायरमा उनीहरूले विशाल प्रदर्शन गरेका थिए । उनीहरूले लिबिया र प्यालेस्टाइनको झन्डा बोकेका थिए । इजरायली आक्रमणको निन्दा गरेको ब्यानर प्रदर्शन गरेका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu