site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवाको सक्रियताबिना देश समृद्ध बनाउन सकिँदैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले देश बनाउने विषय सामान्य नभएको बताएका छन् । युवाको सक्रिय सहभागिताबिना देशको आर्थिक समृद्धि सम्भव नहुने उनले उल्लेख गरे ।

शनिबार धादिङ–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्लो दशक देखिएको युवाको पलायनलाई रोक्नुपर्नेमा जोड दिए । युवा पलायन हुनुमा देशको पछिल्लो राजनीतिक अवस्था मात्र कारक नरहेको उनको भनाइ छ ।

युरोपेली र अमेरिकी देशमा श्रमिक आवश्यक भएकाले भिसा सहज बनाइदिँदा युवा विदेशिएका उनको धारणा छ । ती देशलाई कामदार आवश्यक नभएको अवस्थामा भिसा नीति कडा बनाउने टिप्पणी उनले गरे । उनले अब राष्ट्रको नीति उत्पादन र निर्यातकेन्द्रित हुन आवश्यक रहेको बताए ।

राजनीतिक दलमा आर्थिक सोच र रणनीति चाहिने उनले सुनाए । नीतिमा मात्र नभएर व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकिने गरी आर्थिक खाका बनाउनुपर्नेमा उनको जोड थियो ।

हरेक नागरिकलाई उत्पादनसँग जोड्ने र नगद आम्दानी लिन सक्ने बनाउने गरी आर्थिक नीति तय गर्नुपर्ने उनले बताए । देशको आर्थिक विकासका निम्ति स्पष्ट नीति र कार्यान्वयनको खाका बनाएर एमाले अघि बढ्ने उनले बताए ।

“युवाहरूलाई देशमा राख्नको लागि आम्दानीको बाटो दिनुपर्‍यो । त्यसका लागि अब उत्पादनमा युवालाई लगाउनुपर्छ । उनीहरूलाई आफ्नो उत्पादनबाट आम्दानी हुन्छ भन्ने ग्यारेन्टी दिनुपर्छ,” उनले भने, “यहीँ बसेर महिनाको ५० हजार, एक लाख कमाउने अवस्था बन्यो भने युवा किन बाहिरिन्छन् ? अब राजनीतिक दलले त्यसमा ध्यान दिनुपर्छ । एमालेले त्यसप्रकारको नीति बनाउँदै देशको अर्थतन्त्र सुधार्ने कार्ययोजना ल्याउँछ ।”

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro