site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजरायलबाट अझै २०० नेपाली उद्धारको पर्खाइमा
इजरायलबाट उद्धार गरिएका नेपाली विद्यार्थी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अभिभस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् । 

नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । 

“राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा विवरण प्राप्त हुने क्रम जारी छ । जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरूलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ,” इजरायलको तले अभिभस्थित नेपाली दूतावासले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका छन् । 

हमासले शनिबार इजरायलमा अचानक आक्रमण गर्दा १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् । 

Global Ime bank

युद्ध चर्कदै गएपछि इजरायलमा रहेका नेपालीहरूले आफूहरूलाई स्वदेश फर्काउन सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले बिहीबार इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको थियो । 

बिहीबार इजरायलबाट २५३ नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्सको जहाज गएराति काठमाडौंमा अवतरण गरेको थियो । 

यसको अलवा अझै इजरायलमा २०० नेपाली उद्धारको पर्खाइमा रहेको दूतावासले जनाएको छ । उनीहरूलाई पनि छिट्टै नेपाल पठाउने तयारी गरिएको छ । 

इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरूलाई हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यमा तीब्रता दिन पुनः अनुरोध गरिएको समेत दूतावासले जनाएको छ । 

साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमहरूको सदुपयोग गरी उनको खोजी कार्यलाई अझै तीब्र पारिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement