site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायल गइरहेको नेपाल एयरलाइन्सको विमानलाई चार हजार बढीले पछ्याउँदै

काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि त्यसतर्फ गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेरिरहेका छन् ।

बिहीबार दुबईबाट इजरायल उडेको विमानलाई फ्लाइटराडार२४ मा चार हजार २०० भन्दा बढीले हेरेका हुन् ।

फ्लाइटराडार२४ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए, कहाँबाट उडे जस्ता विभिन्न जानकारी यसले दिन गर्छ ।

आरए२३५३ फ्लाइट नम्बरको नेपाल एयरलाइन्सको विमान फ्लाइटराडार२४ मा मानिसहरूले पछ्याएका हुन् । विमान आजै त्यहाँबाट फिर्ता आउने तयारी रहेको छ ।

Global Ime bank

गाजाको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि त्यहाँ द्वन्द्व चर्किएको छ । जसमा परेर १० नेपालीको समेत ज्यान गएको छ । 

द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाल फिर्ता आउन चाहने नेपालीलाई ल्याएर यो विमान आजै राति करिब सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu