site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यकर्मी हटाएपछि वीरमा इमर्जेन्सीदेखि शल्यक्रियासम्मका सेवा प्रभावित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगत कोभिडकालमा करारमा नियुक्ति गरिएका २२१ जना स्वास्थ्यकर्मीलाई हटाएपछि वीर अस्पतालका महत्त्वपूर्ण सेवा प्रभावित भएका छन् । विशेषगरी ठूलो संख्यामा नर्स हटाइएपछि इमर्जेन्सीदेखि शल्यक्रियासम्मका सेवामा असर देखिएको छ ।

दैनिक १५ वटाका दरले साताको ६ दिन हुँदै आएको युरो सर्जरी अब साताको ४० वटा मात्रै गर्ने अस्पतालको तयारी छ । असोज २१ गतेदेखि नै जनरल शल्यक्रिया क्षमताभन्दा आधा मात्रै भएका छन् ।

वीर अस्पताल प्रशासनका एक उच्च अधिकारीका अनुसार यसअघि साताको तीन दिन हुँदै आएको मिर्गौला प्रत्यारोपण अब एक दिन मात्रै गर्ने अस्पतालको तयारी छ । नर्सको संख्या घटेपछि इमर्जेन्सी अब्जरभेसन बेड १० वटा मात्रै चलेका छन् ।

Dabur Nepal
NIC Asia

bir-1696941754.jpg


जनरल सर्जरी, न्युरो सर्जरी, डायलायसिसलगायतका सेवा पनि सीमित गर्न लागिएको ती अधिकारी बताउँछन् । हटाइएका २२१ मध्ये सबैभन्दा धेरै १४९ जना स्टाफ नर्स छन् । त्यस्तै, ४५ जना मेडिकल अधिकृत, ल्याब टेक्निससियन १०, रोडियोग्राफर ३, डाइटिसियन एकजना छन् । अन्य प्राविधिक सेवाका कर्मचारीसमेत हटाइएको छ ।

“डाक्टरको समय केही गरेर व्यवस्थापन गर्न सकिए पनि नर्स नहुँदा वार्डहरू ने ठप्प हुने अवस्था आउँछ, आधा शल्यक्रिया नै क्यान्सिल गर्नुपर्ने हुन्छ । यो कुराले मन्त्रीले बुझेनन् । अर्थ र स्वास्थ्य दुवै मन्त्रालयले बुझ्न चाहेन," ती अधिकारी भन्छन् ।

एउटै शल्यक्रिया कक्षमा १३ जनासम्म नर्स आवश्यक पर्ने र  त्यसमा आधाभन्दा बढी कटौती भएपछि त्यसको असर उनीहरूलाई हटाइएकै दिनदेखि देखिन थालेको अस्पताल निर्देशक डा. सन्तोष पौडेल बताउँछन् ।

“करारकै भए पनि उनीहरू दक्ष जनशक्ति थिए । उनीहरूको सपोर्टमा हामीले सर्जिकल भवन पूर्णरूपमा सञ्चालन गर्न सकेका थियौँ । उनीहरू हटेपछि वीरको सेवा नराम्रोसँग प्रभावित हुन्छ,” निर्देशक डा. पौडेल भन्छन् ।

त्यति कर्मचारी हटाउँदैमा सेवामा असर पर्दैन : भीसी

२२१ जना करारका कर्मचारी हटेसँगै वीर अस्पतालको सेवा प्रभावित भएको विषय वीरको आलोचना मात्रै भएको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको दाबी छ । २२१ जना कर्मचारी हटाउँदैमा सेवा नै रोकिने अवस्था नहुने उनी बताउँछन् । यसबीचमा २४६ जना लोक सेवामार्फत पाइसकेको र कामकाज रोकिने अवस्था नभएको डा. बस्नेतको भनाइ छ ।

तलब खुवाउन नसकेर हटाइएको हो : मन्त्री

वीर अस्पतालबाट २२१ जना कर्मचारी हटाउनुअघि उपकुलपति डा. बस्नेतले तीन पटकसम्म स्वास्थ्यमन्त्रीसँग छलफल गरेको अस्पतालका अधिकारीहरू बताउँछन् । तर, मन्त्रीले फरक पार्टीका स्वास्थ्यमन्त्रीको कार्यकालमा नियुक्त गरिएका भएकै आधारमा उपकुलपतिको कुरा नसुनेर हटाउने अडान लिएको उनीहरूको भनाइ छ ।

मन्त्री मोहनबहादुर बस्नेतले भने वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् ।

मंगलबार एक सार्वजनिक कार्यक्रमममा बोल्दै उनले कोभिड नियन्त्रण प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताए ।

“वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड नियन्त्रण प्रयोजनमा राखिएका २०० चानचुन कर्मचारीहरूलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ,” उनले भने ।

अस्पताल निर्देशक डा. पौडेलका अनुसार अहिले हटाइएका कर्मचारीका लागि मासिक ९४ लाख ८७ हजार ६१५ रुपैयाँ पारिश्रमिकमा खर्च हुँदै आएको थियो ।

असोज २१ गतेदेखि सेवाबाट हटाइएका कर्मचारीले साउनदेखिको पारिश्रमिकसमेत पाएका छैनन् । प्रत्येक ६ महिनामा करार नवीकरण हुनुपर्ने नियुक्ति २०८० देखि नवीकरण नभएका कारण उनीहरूको तलब भुक्तानीमा समस्या भएको अस्पतालले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro