site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न सांसदहरूको माग
SkywellSkywell

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न सांसदहरुले माग गरेका छन् ।

गत २० गते प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायमाथि आक्रमण गरेको थियो । उक्त घटनामा १० नेपाल विध्यार्थीको मृत्यु भएको थियो । उक्त क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त रहेको छ । केही नेपालीहरु द्वन्द्वग्रस्त क्षेत्रमा फसेका छन् ।

मंगलबार बसेको अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसदहरुले इजरायलको द्वन्द्वग्रस्त  फसेका नेपालीहरुको उद्धार गर्ने माग गरेका छन् ।

Dabur Nepal
NIC Asia

इजरायलमा अहिले करिब चार हजार ५०० नेपाली नागरिक छन् । इजरायलले युद्धको घोषणा गरेका कारण युद्ध लामो समय जान सक्ने भन्दै उनीहरुको उद्धार गर्न माग गरेका हुन् । अधिकांश सांसदले सरकारले गरेको कामको स्वागत समेत गरेका छन् ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले इजरायलमा भएका नेपालीलाई फिर्ता ल्याउनको सरकारले वैकल्पिक योजना बनाएर काम गर्नुपर्ने बताए । इजरायलमा अझै तनाब बढन् सक्ने भन्दै उद्धारको लागि वैंकल्पिक योजना बनाएर अघि बढ्नु पर्ने बताए ।

नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले फ्लाइट अनुमति पाउन ढिलो भइरहेको विषयमा जानकारी गराउन माग गरेका थिए । उद्धारको लागि इजरायल पठाउनको लागि अनुमति पाउन ढिला भइरहेको विषयमा जवाफ मागे ।

“फ्लाइट अनुमति पाउन किन ढिलो भइरहेको छ ?,” उनले भने, “सिभिल एभियसन अथोरिटीको कारण हो वा सरकारले डिप्लोम्याट समन्वयको कमजोरीको कारण हो ?”

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ढिलै भए पनि सरकारले गरेको काम स्वागतयोग्य रहेको बताए । उनले सरकारले गरेको पहलकदमीले सबैलाई राहत भएको बताए । खनालले राजदूतको क्षमतामा समेत प्रश्न उठाए । उनले अप्ठारोमा क्षमता मूल्यांकन हुने भन्दै आगामी दिनमा राजदूत नियुक्ति गर्दा ध्यान दिनुपर्ने बताए ।

नेकपा (एमाले)का सांसद देवीप्रसाद चट्टचनले ‘लर्न एन्ड अर्न’मा इजरायल गएका विध्यार्थीलाई छिटो फिर्ता गर्नुपर्ने बताए । इजरायलमा रहेका नेपालीको इच्छाअनुसार उद्धार कार्य गर्नुपर्ने बताए ।

एमालेका सांसद भिमप्रसाद आचार्यले राजदूतावासको कार्य क्षमता बढाउन पहल गर्नुपर्नेमा जोड दिए । विदेशमा विध्यार्थी पठाउँदा ‘ट्राभल एड्भाइजर’ गरिनुपर्ने उनको भनाइ थियो । एमालेकी सांसद सुनिता बरालले सबै राजनीतिक दल मिलेर काम गरेमा समस्या समाधान गर्न सहज हुने बताइन् ।

माओवादी केन्द्रका सांसद छिरिङल्हामु लामा तामाङले आपतकालीन उद्धारको लागि ‘रेस्क्यू टिम’ गठन गर्नुपर्ने बताइन् । विभिन्न मलुकमा नेपालीहरु रहेको र जुनसुकै बेला यस्ता खालका घटना हुनसक्ने भन्दै यो घटनाबाट पाठ सिकेर सरकारले ‘रेस्क्यू टिम’ गठन गर्नुपर्ने बताइन् ।

यस्तै, स्वतन्त्र सांसद प्रभु शाहले राजदूत फिर्ता बोलाउनुपर्ने बताए । उनले अहिलेको समयमा राजदूतले काम गर्ने नसेको भन्दै भागबन्डाको आधारमा राजदूत नियुक्त नगर्न पनि आग्रह गरे ।

समितिले लडाकु समूह हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचार गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै, बेपत्ता भएका नेपालीको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित एवं परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन निर्देशन दिएको छ ।

साथै, भविष्यमा घट्न सक्ने यस्ता खाले घटनाको आकलन गरेर विदेशस्थित नेपाली दूतावास÷नियोगहरुलाई नेपालीहरुको विवरण अद्यावधिक गरी पूर्व तयारी अवस्थामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । उक्त निकायहरुलाई स्रोत साधनसहित सक्षम र सशक्त बनाउन निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu