site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सडक दुर्घटना रोक्न सरकारले ध्यान दिनुपर्‍यो : सांसद तामाङ
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारी रुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दसैँ र तिहारमा गाउँ आवतजावत गर्दा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराए ।

Dabur Nepal
NIC Asia

यात्रुहरुले सवारीसाधनको अभाव, महँगीको समस्या र टिकट उपलब्धताको समेत समस्या भोग्नुपरेको र यसमा ध्यान दिन भन्दै उनले काठमाडौं उपत्यकामा हुने चोरी र लुटपाटको पनि नियन्त्रण गर्न सरकारलाई अनुरोध गरे ।

“यात्रुहरुमाथि अनावश्यक दुःख दिने, लुटपाट गर्ने र काठमाडौं उपत्यकालगायतका सहरहरुमा मान्छेहरु कमी हुँदै जान्छन्, त्यसबीचमा चोरी बढ्ने, लुटपाटका घटना हुने गर्छन् । त्यस खालका कामहरुलाई रोक्नको निमित्त म गृहमन्त्रीको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्काउने गतिविधिहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने भन्दै उनले यसका लागि संसद्मा रहेका सबै राजनीतिक दलको तर्फबाट संयुक्त रुपमा पहल गर्नुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro