site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली दूतावासले भन्यो– अप्ठ्यारो परिस्थिति छ, त्रसित नगराउनु होला
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले आफ्नो सुरक्षाको ख्याल राख्न नेपाली समुदायमा आग्रह गरेको छ । इजरायलको गाजापट्टीलगायत क्षेत्रमा हाल द्वन्द्व चलिरहेको दूतावासले जनाएको छ ।

“यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ,” दूतावासद्वारा शनिबार जारी अपिलमा उल्लेख छ ।

अप्ठ्यारो परेका नेपाली नागरिकको सहयोग र उद्धारका लागि दूतावासले इजरायलका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको अपिलमा जनाइएको छ ।

“पुनश्चः अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ । तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनु होला,” अपिलमा भनिएको छ ।

इजरायलमा रहेका नेपालीले सम्पर्क गर्न सक्ने गरी दूतावासले नम्बर पनि उपलब्ध गराएको छ । दूतावासका प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेपछि स्थिति अशान्त छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro