site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सुदूरपश्चिम अध्यक्षमा सिंहको उमेदवारी घोषणा, पार्टी नेतृत्वको साथ रहेको दाबी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वचन सिंहले उमेदवारी घोषणा गरेका छन् । उनले बिहीबार धनगढीमा पत्रकारसँग कुरा गर्दै आफू अध्यक्षको दाबेदार रहेको बताए ।

उनले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासँग छलफल गरेर नै उमेदवारी घोषणा गरेको सुनाए ।

“पार्टीका अध्यक्ष, महासचिव, प्रदेश इन्चार्जसहित सबैसँग छलफल गरेर मैले उमेदवारी घोषणा गरेको हुँ,” उनले बाह्रखरीसँग भने ।

उनले आफू पार्टी एकताबद्ध बनाउने कुरामा सहमतिको बाधक नरहेको बताए ।

“म सर्वसहमतिको पक्षमा हो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा सहमतिको बाधक बन्दिन । मभन्दा बाहेक अध्यक्षको आकांक्षी बन्नुभएका नेताहरू मभन्दा अग्रज हुनुहुन्छ । उहाँहरूको पार्टीमा व्यवस्थापन हुनुपर्छ,” उनी भन्छन्, “प्रदेश अध्यक्षको जिम्मा मलाई दिँदा मैले आगामी प्रदेश र संघको निर्वाचनमा एमालेले एकल सरकार बनाउने अभियानमा हिँड्छु ।”

सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro