site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्रको लोकतन्त्रविरोधी गतिविधिको निगरानी गर्नुपर्छ : सांसद यादव
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको ‘लोकतन्त्रविरोधी गतिविधि’को निगरानी बढाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले अहिले धर्मका नाममा भइरहेको विवाद देखेर राजावादी हुँ भन्नेहरू हौसिएको बताए । ठूलो संघर्ष र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै उनले यसलाई मास्ने दुष्प्रयास कसैले नगर्न चेतावनी दिए ।

“अहिले राजावादी भन्नेहरू हौसिएका छन्, किन ? कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन यिनीहरूको ? जनतामा गहिरो आशंका छ,” उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्रविरोधी गतिविधिको निगरानी गर्नुपर्छ । अहिलेको व्यवस्था निकै ठूलो संघर्ष र बलिदानले आएको हो । यसलाई मास्ने दिवास्वप्न कसैले नदेखे हुन्छ ।”

पछिल्लो समय धार्मिक र साम्प्रदायिक द्वन्द्व फैलाएर मधेसको एकता भाँड्ने दुष्प्रयास भइरहेको भन्दै उनले आक्रोश पोखे ।

“मधेसी जहिले पनि संघीयता र गणतन्त्रका लागि लडेको हो । त्यसैले षड्यन्त्रको तहत मधेसकमा धार्मिक तनाव गराउने खेल हुँदै छ । मधेसको राजनीतिकको तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो,” उनले भने, “अहिले एकता तोड्ने काम तीव्र गतिमा भएको छ । यो राम्रो हैन । विभाजन र ध्रुवीकरणले राष्ट्रिय सुरक्षा जटिल बन्दै गएको छ ।”

उनले सामाजिक सञ्जालले पनि द्वन्द्वमा घिउ थप्ने काम गरिरहेको टिप्पणी गरे । सांसद यादवले सामाजिक सद्भाव भाँड्न खोज्ने जोकोहीलाई कारबाही गर्न माग गरे ।

टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा पुराना त्यस्ता भिडियो राख्ने र ‘भाइरल’ बनाउने व्यक्तिहरूलाई पनि खोजीखोजी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।

“यो नेपाली समाजको तागत हो । द्वन्द्व चर्काउने, हिंसा भड्काउने र उक्साउने, सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिने महन्त र मोहलीलाई कारबाही गर्नुपर्छ,” उनले भने, “सामाजिक सञ्जालमा उत्तेजक सामग्री राख्ने, पुरानो भिडियो काँटछाँट गरेर हिंसा भड्काउनेलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउने र तुरुन्तै बन्द गर्नुपर्छ । समाज जोगाउने दायित्व हामी सबैको हो । लोकतन्त्र र सामाजिक सद्भावको जित हुन्छ ।”

अहिलेको अवस्थामा सबै सांसद र राजनीतिज्ञ मधेसका सबै जिल्लामा एकपटक स्थगलत भ्रमणमा जानुपर्ने उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro