
काठमाडौं । सामसङ नेपालले ‘रमाइलो दसैँ तिहार, मायाले भरौँ घर परिवार’ शीर्षकको चाडपर्व अफर ल्याएको छ । यस अन्तर्गत सामसङको टेलिभिजन सेट र होम अप्लायन्सको खरिदमा ४१ प्रतिशतसम्मको छुट प्राउने कम्पनीले जनाएको छ ।
अफरमा सामसङको टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिन समावेश गरिएको छ भने क्यासब्याक समेत रहेको कम्पनीको भनाइ छ ।
अफरअन्तर्गत ग्राहकले कुनै पनि सामसङको नयाँ टीभी खरिद गर्दा त्यसमा तीन वर्षको वारेन्टी पाउने, कुनै पनि नयाँ टीभीसँग टी४००, बी४५०, ए४५०, टी४२० र एमएक्स–टी५० लगायत जुन पनि साउन्डबारको खरिद गर्दा बन्डल छुट पाउने कम्पनीको भनाइ छ ।
यस्तै, सामसङको नियो क्यूएलईडी टीभी खरिद गर्दा ४१ हजार ६९० को बी४५० साउन्डबार सित्तैमा पाउने कम्पनीले जनाएको छ ।