साहित्य
काठमाडौं । २०७९ सालको मदन पुरस्कार ‘ऐँठन’ उपन्यासलाई प्रदान गरिने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठन उपन्यासका लेखक विवेक ओझालाई दिने निर्णय गरेको हो ।
त्यस्तै, जगदम्बा–श्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले जानकारी दिए । दुवै पुरस्कारको राशी चार लाख रहेको छ ।
२०७९ सालको मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा ‘ऐँठन’सँगै ‘इजोरिया’, ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, ‘थाङ्ग्रा’ र ‘माटाको घर’ छानिएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ११:२६
प्रतिक्रिया दिनुहोस्