देश
काठमाडौं । झापामा छुरा प्रहारबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ ।
दमक नगरपालिका–१, कुमाल चोकमा छुरा प्रहार हुँदा इलामको चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको छ ।
दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । लिम्बूलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो ।
घटनापश्चात राई छुरा लिइ फरार भएका थिए । उनीसँग वतन नखुलेका करिब २३ वर्षीय पुरूषसमेत रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १७:२७
प्रतिक्रिया दिनुहोस्