site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री रिजाल भन्छन्– एक/एक सांसदको जवाफ दिन सम्भव छैन  

काठमाडौं । क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रश्न उठाएका छन् । 
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो ।

क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन समस्या भएको भन्दै व्यवसायीलाई सोधेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव विनोद प्रकाश सिंहलाई सरकारले लागु गरेको मापदण्ड व्यवसायीले नमान्दा हुन्छ ? भन्दै प्रश्न गरेका थिए । 

जवाफमा सचिव सिंहले राज्यको कानुन सबैले मान्नु पर्ने बताए । तर, अहिले पाँच वर्षअघिको कानुन त्यत्तिकै लागु गर्न उपयुक्त नहुने सचिव सिंहको भनाइ छ । व्यवसायीले भने नवीकरण गरिदिने बाटो खोल्न आग्रह गरेका छन् । 

सांसद पराजुलीले उद्योगमन्त्री रमेश रिजाललाई पनि मापदण्ड लागु गराउन केले समस्यामा छ भनेर प्रश्न सोधेका थिए । जवाफमा मन्त्री रिजालले एक/एक सांसदको उत्तर दिन सम्भव नहुने बताए । 

Global Ime bank

समितिका सभापति अब्दुल खाँनले मन्त्रीलाई प्रश्न सोध्ने भए टिपाउन सांसद पराजुलीलाई आग्रह गरे । निष्कर्षमा सांसद पराजुलीले नियम सबैले मान्नु पर्ने र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । तर, पैसा आउँछ भनेर खोला बेच्च नहुने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu