site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काेसी प्रदेशसभामा एमालेबाहेकले संसदीय दललाई पूर्णता दिएनन्, माओवादीमा दलका नेतामात्र चयन
फाइल फोटो : कांग्रेस संसदीय दलको बैठकमा सहभागी सांसद ।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

विराटनगर । काेसी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहेकले संसदीय दलकाे कार्यसमितिलाई अझै पूर्णता दिएका छैनन् । प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद २३ मा दलको कार्यालय र त्यससम्बन्धी व्यवस्था छ । यसअनुरुप दलले आफ्नो सदस्यहरूको विवरण सभालाई उपलब्ध गराउनु पर्छ । दललाई आफ्नो छुट्टै विधानसमेत निर्माण गर्ने अधिकार छ । 

हाल कोसी प्रदेशसभामा ६ वटा दल छन् । तीमध्ये एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसमेत चयन गरी कार्यसमितिलाई पूर्णता दिएको छ । सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता हिक्मत कार्की छन् । अहिले उनले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । एमाले उपनेता रामबहादुर मगर, प्रमुख सचेतक रेवतिरमण भण्डारी र सचेतक कमला दर्नाल छिन् । दर्नाललाई संसदीय दलले आइतबार सचेतक नियुक्त गरेको हो । 

यसअघि सो जिम्मेवारीमा रहेकी सिर्जना राई प्रदेशको सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । राईको स्थानमा एमालेले तेह्रथुमकी सांसद दर्नाललाई सचेतक नियुक्त गरेको हो । प्रमुख सचेतक भण्डारीले भने, “हामीले सबैभन्दा पहिले पदाधिकारी चयनदेखि दललाई पूर्णता दिने काम गरेका हौं ।” कोसी प्रदेशसभामा (सभामुखसहित) एमालेका ४० सांसद छन् ।

Agni Group

सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २९ सांसद छन् । कांग्रेसले भने संसदीय दललाई पूर्णता दिइसकेको छैन । संसदीय दलको नेता उद्धव थापा, उपनेता हिमाल कार्की र प्रमुख सचेतक भुपेन्द्र राई छन् । कांग्रेसले सचेतक भने चयन गर्न बाँकी छ । प्रमुख सचेतक राईले चाँडै नै पूर्णता दिने तयारी रहेको सुनाए । 

तेस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले दलको नेताबाहेक अरु पदाधिकारी चयन गरेको छैन । माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो छन् । माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले आफ्नो पार्टीले दलमा पदाधिकारी चयन गर्न बाँकी रहेको बताउँदै भने, “अहिले सबै निर्णय र दलको प्रतिनिधित्व दलका नेताले नै गर्दै आउनु भएको छ । हामीले दललाई पूर्णता दिन आग्रह गरिरहेका छौं ।”

Global Ime bank

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । उपेनता र सचेतक चयन गर्न बाँकी छ । राप्रपा सांसद सविना बजगाईंले भनिन्, “बाँकी पदाधिकारी चयन गर्ने विषयमा दलको बैठकमा पनि छलफल अघि बढेको छैन ।” प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । दलको नेता भक्तिप्रसाद सिटौला र प्रमुख सचेतक अमरबहादुर विष्ट छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दलको नेताको जिम्मेवारीमा राजेन्द्र राई छन् । सभामा ४ सांसद रहेको समाजवादीले पदाधिकारी चयन गर्नेबारे थप केही छलफल नगरेको सांसद विद्या चाम्लिङले बताइन् ।

कोसी प्रदेशसभामा एक जनामात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)मा निर्मला तावा लिम्बू दलको नेता छिन् । कोसी प्रदेशसभा ९३ सदस्यीय छ । सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि सभामुख चयन गर्न बाँकी छ । 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu