site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुन्डागर्दीले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर, सुरक्षाकर्मीको भूमिका शंकास्पद : चिकित्सक संघ
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सन्जिब तिवारीले आक्रमण तथा अस्पताल तोडफोड गरिएका घटनाले आफूहरू स्तब्ध भएको जनाएका छन् ।

“देशका विभिन्न (पछिल्ला घटनाक्रमहरू जस्तै– हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटन लगायतका) अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रूपमा गरिएका सांघातिक आक्रमणप्रति यस संघ घोर भर्त्सना र निन्दा गर्दछ ।”

चिकित्सकमाथि आक्रमण र स्वास्थ्य संस्थामा ‘अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुन्डागर्दी’ले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको विज्ञप्तिमा जनाइएको छ ।

“हेटौँडामा घटेको घटनालाई लिएर गत हप्ता सरकारसमक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुन्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाही गरिनुपर्ने संघको माग छ । सुरक्षाकर्मीको भूमिका समेत शंकास्पद रहेको संघले आरोप लगाएको छ ।

“यसप्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाही नगरिनु, सुरक्षाकर्मीहरूको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरू अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको व्यहोरा सबैलाई विदितै छ,” विज्ञप्तिमा भनिएको छ ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको संघले जनाएको छ ।

“पोखरामा चिकित्सकमाथि भएको लाठीचार्ज तथा चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “त्यसैले अविलम्ब दोषीहरूलाई कानुनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउने कार्यमा राज्य संवेदनशील नभएकोले हालै देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।”

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro