site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बानेश्वरमा अराजक बन्दै शिक्षक : निषेधित क्षेत्र तोडियो, सुरक्षाकर्मीको लाठी खोसियो

काठमाडौं । शिक्षा विधेयकको विरोधमा काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका शिक्षकहरूले अराजक गतिविधि गरेका छन् । 

उनीहरूले निषेधित क्षेत्र तोड्नेदेखि सुरक्षाकर्मीको लाठी खोस्नेसम्मका हर्कत गरेका छन् । 

त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् ।

शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् । 

प्रदर्शन स्थलमा खटिएका सुरक्षाकर्मीहरूले भने हालसम्म संयमता अपनाएका छन् । सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन् ।  

Shikchak-andolan6-1695284027.jpg

देशभरका शिक्षक बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् । 

Shikchak-andolan4-1695284024.jpg

बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro