site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एकैदिन थपिए डेंगीका ४३३ संक्रमित, देशभरको संख्या २८ हजार नजिक

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ बिरामी थपिएका छन् । योसँगै यसवर्ष डेंगीका बिरामीको संख्या २७ हजार ९६८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । डेंगीका कारण यो वर्ष १५ जनाको मृत्यु भइसकेको छ । 

Dabur Nepal
NIC Asia

हाल देशका पाँचवटा जिल्लामा डेंगी संक्रमितकोको संख्या ५०० भन्दा माथि रहेको छ ।

उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, जोर्नी र मांशपेशीहरू दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, आँखाको गेडी दुख्नु र वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगीका लक्षण हुन् । 

यसवर्ष कोसी प्रदेशमा २० हजार ९२४, मधेस प्रदेशमा ५६४, वाग्मती प्रदेशमा चारहजार २४६, गण्डकी प्रदेशमा ८७९, लुम्बिनी प्रदेशमा ४६८, कर्णाली प्रदेशमा ७४ र सुदूरपश्चिम प्रदेशमा ८१३ जनालाई डेंगी भएको छ । 

नेपालमा सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो । सन् २००५ मा एक जनामा पनि डेंगी देखिएन । तर, त्यसपछिका हरेक वर्ष नेपालमा डेंगीका बिरामी भेटिएका छन् । 

महाशाखाको तथ्याङ्कअनुसार सन् २०२२ मा नेपालमा ५४ हजार ७८४ जना डेंगीका बिरामी भेटिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro