site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीले तोडे अनशन

काठमाडौं । ३८ दिनयता काठमाडौंको माइतीघरमा रिले अनशन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीको अनशन तोडिएको छ ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको आश्वासन दिएपछि सोमबार उनीहरूले अनशन तोडेका हुन् । १४ बुँदे मागसहित उनीहरू अनशनरत थिए ।

अनशन तोडाउन स्वास्थ्यमन्त्रीले स्वकीयसचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले संघर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगित गराए ।

अनशन तोडेपछि संघर्ष समितिका पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका थिए । मन्त्री बस्नेतसहितको वार्तामा स्वास्थ्यसचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. टंक वाराकोटीलगायत अधिकारी उपस्थित थिए ।

वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराए । उनले माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको उल्लेख गरे । यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्री समेत सकारात्मक रहेको भन्दै उनले संघर्ष समितिका माग चाँडै सम्बोधन हुने आश्वासन दिए ।

उनले चिकित्सा शिक्षा ऐन संशोधन गर्न नसकिए अबका पाँच वर्षभित्र नेपालमा चिकित्सक र नर्सको अभाव हुने बताए । प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि यसबारेमा ठोस पहल हुने उनको भनाइ छ ।

चिकित्सा शिक्षा ऐन संशोधन, सीटीईभीटीको पुनर्संरचना गर्नुपर्नेलगायत माग संघर्ष समितिले अघि सारेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro