site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्छौँ : चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा रहेको सन्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउँदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

Dabur Nepal
NIC Asia

चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए ।

उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न माग गरे ।

आफ्ना विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिवद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ ।

भदौ २७ गते हेटौँडामा रहेको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीलाई बिरामीको उपचार गरिरहेको बेला सांघातिक आक्रमण गरिएको थियो ।

डेंगी  संक्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरिएको थियो । उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro