site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बुहारीमाथि बन्दुक ताकेपछि...
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । पाँचथरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५, निगुरेका ३० वर्षीय दीपक चेम्जोङ छन् ।

एकथान भरुवा बन्दुकसहित शुक्रबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

दीपकले मादकपदार्थ सेवन गरी आफ्नै भाइ र बुहारीसँग विवाद गरेका थिए । बुहारीलाई भरुवा बन्दुक देखाई ‘मार्छु’ भनेको उनीमाथि आरोप छ ।

सो सूचनापछि प्रहरीचौकी फाक्तेपबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu