site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संस्कृतिमाथि आक्रमण गर्ने खेल फस्टाउन नपाओस् : गृहमन्त्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन दिन नहुनेमा उनले जोड दिए । आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जातीय, भाषिक र धार्मिक एकताको सट्टा विभिन्न नाममा द्वन्द्व फैलाउने, विग्रह फैलाउने खतरा देखिएको उनले उल्लेख गरे ।

“आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा, सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैलाउने, बिग्रह फैलाउने खतराहरू पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ,” उनले भने, “त्यस्तै, अरूको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न नपाओस् । परास्त गर्न सफल हुनुपर्छ ।”

Global Ime bank

सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उनले बताए । उनले सरकारले भ्रष्टाचारविरोधी र दण्डहीनताविरोधी ठूलाठूला अभियान सञ्चालन गरेको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय