site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अञ्जन पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ ।

शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

५८औँ मिनेटमा १८ यार्ड बक्सभित्र म्यानमारका रक्षकको ह्यान्ड भएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टी प्रहारका लागि आएका अञ्जनको प्रहार म्यानमारका गोलकिपरको खुट्टामा लागेर फर्किएपछि नेपालले अग्रताको सुनौलो अवसर गुमाएको हो । 

पेनाल्टीमा गोल गर्न चुकेका अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गर्ने अवसरसमेत गुमाए ।

Global Ime bank

हरि र निराजन दुवैले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अञ्जनले हालसम्म नेपालका लागि १२ गोल गरेका छन् ।

नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय