विदेश
काठमाडौं । वेस्ट बैंकको शरणार्थी शिविरमा इजरायली सेनासँग भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।
इजरायली सेनाका प्रवक्ताले मंगलबार राति भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको बताएका हुन् ।
सेना र अर्धसैनिक सीमा पुलिस बलहरूले हतियारसहित तुलकर्म सहर नजिकै नुर शाम्स शरणार्थी शिविरमा छापा मारेका थिए । शंकास्पद व्यक्ति शरणार्थी शिविरमा लुकेको आशंकामा सेनाले छापा मारेको थियो ।
इजरायल र प्यालेस्टाइनबीच सन् २०२२ देखि हिंसा बढ्दै गएको छ । अहिलेसम्म २२६ प्यालेस्टाइन, ३२ इजरायली र एकजना युक्रेनी नागरिकको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्