site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सांसदले नै गाई–गोरु काटेर पूजा गर्न पाउनुपर्छ भनेपछि...

काठमाडौं । धरानमा सम्भावित साम्प्रदायिक दङ्गाको जोखिम टरेका बेला सांसदहरूको अभिव्यक्तिले फेरि माहोल भड्काउने डर बढेको छ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले नै संस्कृति जोगाउन गाई–गोरुको बध गर्न पाउनुपर्ने गरी ऐन निर्माण हुनुपर्ने माग राखेका छन् ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले आफ्नो संस्कृति र धर्ममा गोरु अनिवार्य भएको बताइन् । उनले संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएकाले किरात धर्मावलम्बीले आफ्नो संस्कृति मान्न पाउनुपर्ने धारणा राखिन् ।

“मुन्धुममा हाम्रो गोरुलाई नचढाएर पितृ खुसी नै हुँदैन । त्यसमा पनि माले गोरु माले, बाछा पूजा गर्‍यो भने हामी किरातीहरूको मुन्धुममा साँच्ची नै पितृहरू खुसी हुने हुन्छ,” बैठकमा उनले भनिन्, “यी विषयमा हामीले छलफल गर्नुपर्छ । सदनमा संविधानमा बर्जित गरेको कुरा उठाउन किन दिइन्छ ? अहिले हामी गोरुको हड्डी राखेर उधौली र उभौली पूजा गर्छौं । त्यो स्वतन्त्र हुन्छ कि हुँदैन ?”

Dabur Nepal
NIC Asia

उनले धर्मनिरपेक्ष राज्य भनेपछि सबै धर्मको समान अधिकार हुनुपर्नेमा जोड दिइन् । साथै उनले धरानमा आफूहरूलाई खेद्न खोजिएको भन्दै आपत्तिसमेत जनाइन् । उनले गोरु बध गर्ने कानुन निर्माण गर्नुपर्ने माग राखिन् । 

“धर्मनिरपेक्षता भनेको के हो ? यो ऐन बनाउने ठाउँ र सुशासन बनाउने समिति बनाउने समिति भएकाले यो बारेमा विचार बहस हुनुपर्छ,” उनले थपिन्, “धरानमा अहिले सद्‌भाव भड्किएको छ । राई लिम्बू मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गरेर हिँडेको छ, नारा लगाइन्छ । अब हामी त्यहाँका राई लिम्बुहरू भाग्नुपर्ने हो ? यही हो, संविधानमा लेखको कुरा ? पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गरेर हाम्रो पितृलाई पूजा गर्न पाउनुपर्छ । यो ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग यहाँ राख्न चाहन्छु ।”

त्यसपछि बोलेका सांसदहरू सरिता प्रसाईं र अम्बिका बस्नेतले राईको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । उनीहरूले सांसदजस्तो महत्त्वपूर्ण पदमा पुगेकाहरूले साम्प्रदायिक द्वन्द्व बढाउने काम गर्न नहुने बताए ।

सत्तारूढ दल नेपाली कांग्रेस सांसद रहेकी प्रसाईंले धर्मको राजनीति गर्दा छिमेकी देशको हालत हेर्न अनुरोध गरिन् । उनले सबै धर्मलाई समान अधिकार भएको भन्दै धैर्य र संयमता अपनाएर अभिव्यक्ति दिन आग्रह गरिन् । 

“बीपीले त्यो बैलै धार्मिक र जातीय आन्दोलन नहोस् भनेर सरकारनै समावेशी बनाउनुपर्छ भन्नुभएको थियो । जातीय र धार्मिक कुरा गर्नु राम्रो होइन । संयम भएर जानुपर्छ । हामीले मणिपुरमा हेरेकै छौँ नि,” उनले भनिन्, “सबैले धर्म मान्न पाइन्छ । तर, उत्तेजित अभिव्यक्ति दिने सबैले आफ्नो ठाउँमा नबसे मुलुक कता जान्छ ? हामी सांसदले यो ख्याल नगरेर हुन्छ । सबैले यो विषयमा सोच्नुपर्छ ।”

यस्तै, सांसद अम्बिका बस्नेतले पनि मिलेर बसेको समाज भाँडिन नहुने उल्लेख गरिन् । उनले धर्म निरपेक्षता भन्दैमा विज्ञापन गर्न जरुरी नरहेको पनि स्पष्ट पारिन् । 

“संविधान बनाउँदा धर्मनिरपेक्ष लेख्यौँ । हिजोदेखि मिलेर बसेको छौँ । सौहार्द कायम राख्नुपर्छ । आज मात्र धर्म चेन्ज गरेर वातावरण सिर्जना गरेको होइन । विज्ञापन गर्ने वातावरण कसरी आयो ?,” न्यौपानेको प्रश्न थियो, “जात र धर्मको नाममा विभाजन भएर के हुन्छ ? त्यसैले यो विषयमा सांसदहरूले गम्भिर भएर सौचौँ ।”

अर्की सांसद ईश्वरी देवी न्यौपानले पनि धर्म र जातको नाममा सद्‌भाव भड्काउने काम भइरहेकोतर्फ सचेत गराइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro