site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानमा मत्थर हुँदै डेंगी
फाइल तस्बिर ।

विराटनगर । सुनसरीको धरानमा फैलिएको डेंगी संक्रमण पछिल्ला दिनहरूमा केही मत्थर भएको छ ।

तीन महिनायता धरान उपमहानगरपालिका डेंगीको ‘हटस्पट’ बनेको थियो । परीक्षणका क्रममा ८० प्रतिशत व्यक्तिमा संक्रमण देखिने गरेको थियो । केही दिनयता भने संक्रमितको संख्यामा कमी आउन थालेको छ ।

अहिले संक्रमणदर केही घटेको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । डेंगी संक्रमणका कारण धरानमा सात महिला र ६ पुरुषको ज्यान गइसकेको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

पछिल्लोपटक यही भदौ ११ गते धरान–१८ की ८१ वर्षीया एक वृद्धाको डेंगीका कारण मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

धरानमा हालसम्म २० हजार ५९८ जनामा डेंगी परीक्षण गरिएको छ । तीमध्ये १४ हजार ७५८ जनामा संक्रमण पुष्टि भएको थियो ।

शनिबार धरानमा ७९ जनामा डेंगी परीक्षण गरिएको थियो । तीमध्ये ४८ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रमुख मेहताले भने, “परीक्षणको नतिजा हेर्दा हिजोआज संक्रमणमा केही कमी भएको देखिन थालेको छ ।” स्वास्थ्य सावधानीमा भने निरन्तर ध्यान दिन जरुरी भएको उनले बताए ।

धरानमा विभिन्न नौ स्वास्थ्य संस्थामा डेंगी परीक्षणको व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro