site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्यार्थीबाट ‘बिजनेस आइडिया’ लिँदै सुनसरी एनवाईईएफ

विराटनगर । युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरीले नयाँ उद्यमशीलताको योजना संकलन गर्ने कार्यक्रम अघि बढाएको छ । खासगरी कलेजहरूमा अध्ययनरत विद्यार्थीबाट ‘बिजनेस आइडिया’ संकलन गर्ने योजनासहित कार्यक्रम अघि बढाएको जनाइएको छ ।

एनवाईईएफले जनाएअनुसार इटहरी उपमहानगरपालिका क्षेत्रका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागी गराइ नयाँ उद्यमशीलताको योजना संकलन गर्ने भएको हो ।  

Dabur Nepal
NIC Asia

शुक्रबार इटहरीको बरन्डा होटेलमा मञ्चले कलेजहरूसँग सम्झौता गरेको छ । इटहरीस्थित कस्तुरी कलेज, ग्रिनपिस लिङ्कन कलेज, कोसी कलेज, विश्व आदर्श कलेज, सुष्मा गोदाबारी कलेज र इटहरी इन्टरनेसनल कलेजसँग सहकार्य भएको हो । यसको सम्झौता सम्बन्धी सहकार्य पत्रमा हस्ताक्षर गरिएको  छ । 

एनवाईईएफका अध्यक्ष अध्यक्ष चन्द्र देवकोटाले विद्यार्थीमा केही सिक्दै र नयाँ उद्यमशीलताको योजना अघि बढाउन अभिप्रेरित गर्ने उद्देश्यसाथ कार्यक्रम अघि बढाइएको बताए । “पहिले विद्यालयका विद्यार्थीहरूको समूह बनाएर प्रतिस्पर्धा गराइने छ । त्यसबाट उत्कृष्ट हुनेलाई कलेजसँग प्रतिस्पर्धा गराइने छ । सर्वोत्कृष्ट आइडिया मन पराउनेले यो खरिद गर्न सक्ने छन्,” उनले भने । 

कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले युवाहरूमा उद्यमशीलता बढाउन कलेजस्तरमा सुरु गरिएको कार्यक्रमले युवालाई देशमै केही गरौ भन्ने भावना वृद्धि हुने अपेक्षा रहेको बताए ।

उनले भने, “श्रम गर्न र उद्देश्य प्राप्तिका लागि विदेशमै अधिक अवसर छन् भन्ने सोचाइमा रूपान्तरण गर्न कार्यक्रम सहयोगी बन्नेछ भन्ने आशा गरेका छौँ ।”

सुष्मा गोदावारी कलेजका प्राचार्य बोधराज नेपाल मञ्चले कलेजमा गर्न लागेको प्रतिस्पर्धाबाट विद्यार्थीले उद्यमशीलतामा वृद्धि भई वित्तीय र कानुनी झन्झटबारे समेत जानकारी बढ्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro