site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपले लिए नेपालका लागि चौथो विकेट 

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानविरुद्ध नेपालका सन्दीप लामिछानेले चौथो विकेट लिएको छ । 

मुल्तान क्रिकेट रंगशालामा जारी खेलको २८औँ ओभरमा सन्दीपले पाकिस्तानका आघा सल्मानलाई पाँच रनमा आउट गरे । सन्दीपले गरेको २७.५ ओभरमा आघा कुशल भुर्तेलबाट क्याच भए ।  

Dabur Nepal
NIC Asia

हाल २८ ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेट गुमाएर १२४ रन बनाएको छ । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ४९ र इफ्तिखर अहमेद शून्यमा खेलिरहेका छन् ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro