site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिकार माग्दा सामाजिक सद्भाव बिग्रियो नभनौँ : सांसद सुनार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सांसद भुवनबहादुर सुनारले अधिकारको खोजी गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा उनले अधिकारको माग गर्नेलाई सामाजिक सद्भाव बिगार्ने काम गरेको भनेर गलत अर्थ लगाउन नहुनेमा जोड दिए । सबै जाति र समुदाय मिलेर देश बनाउनुपर्ने भन्दै उनले जातीय विभेद खडा गर्न नहुने बताए ।

“अधिकार चाहियो भन्दा सामाजिक सद्भाव बिग्रियो भनेर गलत अर्थ लगाउने प्रयास भइरहेको छ । त्यसो नभई हामीले यसमा गल्ती गरेका रहेछौँ भनेर करेक्सन गर्न लाग्नुपर्ने हो,” उनले भने, “हामी सबै एक भएर देश बनाउनुपर्छ । देश विकसित बनाउनुपर्छ भन्ने भावना हामीमा पैदा होस् भन्ने कामना गर्दछु । अहिलेको समयमा पनि साना र ठूलो भनेर भेदभाव गर्नु हुन्न ।”

सांसद सुनारले निजामती सेवामा जनसंख्याका आधारमा उत्पीडित समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्‍याए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro