site stats
बाह्रखरी :: Baahrakhari
देश
धरानमा निषेधादेश जारी

काठमाडौं । सुनसरीको धरानमा 'निषेधादेश' जारी गरिएको छ । डेंगी संक्रमण नियन्त्रणबाहिर रहेको कारण देखाएर  जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधादेश जारी गरेको हो ।

प्रशासनले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिकरूपमा गरिने सामाजिक, धार्मिक तथा राजनीतिक सभाहरू नगर्न भनेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निषेधादेश धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डाचोकदेखि धरानतर्फको क्षेत्रमा लागु हुने छ । 

यसैगरी धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र–३ चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधादेश लागु हुने प्रशासले जनाएको छ । 

 

सुनसरी_जिल्लाका_प्रमुख_जिल्ला_अधिकारीबाट_जारी_आदेश_।_२०८०।०५।०८1692961024.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्