site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सप्तकोसीसहित यी नदीमा बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्दो छ ।

सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, तमोर, सुनकोसी र अरूण नदीमा पनि जलसतह बढ्दो छ । उदयपुर, सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा आज साँझसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“भदौ ८ बिहान ९ बजे । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ र  सतर्कता तह (६ मि.) नजिक पुगेको छ । तमोर, सुनकोसी र अरूणमा पनि  जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

agm1692936123.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro