site stats
बाह्रखरी :: Baahrakhari
देश
महाकाली नदीले सतर्कता तह पार गर्‍यो
फाइल तस्बिर।

काठमाडौं । महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेलधुरास्थित पारिगाउँ जलमापन केन्द्रमा महाकालीको जलसतहले सतर्कता तह पार गरेको हो ।

महाकाली नदीले सतर्कता तह पार गरेको र जलसतह बढ्दो रहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले डडेलधुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनेले बेलुकासम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्