site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते
संसदीय सुनुवाइ समिति बैठकको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।

बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरिएको हो । यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“संसदीय समितिका सभापतिहरूको अविलम्ब निर्वाचन गर्नुपर्ने, टुंग्याउनुपर्ने विषयमा भयो । ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन हुनेछ,” उनले भने, “१० गते सभापतिको उमेदवार चयन प्रक्रिया आरम्भ हुनेछ । यसरी अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । आजै सूचना प्रकाशित हुनेछ । आज यही महत्त्वपूर्ण निर्णय भएको छ ।”

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्