site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री
फाइल तस्बिर ।

कास्की । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर यसको नेटवर्कको पहिचान गरी  दोषीमाथि कारबाही गरिने बताएका छन् ।

राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुनकाण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुनकाण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।

उनले भने, “यसअघि यस्तै काण्डमा संसद्बाट समिति बनाइएयो, समितिको  रिपोर्ट आयो, सिद्धियो । अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुनकाण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो, अन्य केही पनि आएन, न सुन आयो न सिफारिस कार्यान्वयन भयो । त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ । त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्ष दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे । उनले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समीक्षा गरेर नयाँ नीति तथा योजनाअनुसार अगाडि बढाइने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने उनको भनाइ छ ।

उनले भने, “सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन । गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढंगले अगाडि बढाउने, निरन्तरता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिका आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरा दिने गरी अघि बढेका छौँ ।”

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले पार्टीले तय गरेको रूपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठक सञ्चालन भइरहेका जानकारी दिए । उनी पार्टीको गण्डकी प्रदेशको सातौँ पूर्ण बैठकका लागि बिहान पोखरा आएका हुन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro