site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी संसद् विरोधी पार्टी हो, कांग्रेस कम्युनिस्टको पुच्छर बनेको छ : सांसद सिंह
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले आठ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार उत्तरदायी नभएको पुष्टि हुने बताए । उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका उब्जिएको बताए ।

Dabur Nepal
NIC Asia

सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसद्लाई बन्धक बनाएको आरोप लगाए । अहिले सरकारमा पनि कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिस्ट पार्टी भएको भन्दै कम्युनिस्टहरूले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए ।

कांग्रेस अहिले कम्युनिस्टहरूको पुच्छर भएको टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) सुरुदेखि नै संसद् विरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए ।

उनले भने, "सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो । आठ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ, सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन । सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ । अहिले संसद् चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन्, तँ कुटेजस्तै गर् म रोएजस्तै गर्छुझैँ गरेर सत्ता पक्ष र प्रतिपक्षले संसद्लाई बन्धक बनाएका छन् । किनभने उहाँहरूलाई संसदीय व्यवस्थामा विश्वास नै छैन । अहिले सत्ता पक्ष पनि कम्युनिस्ट हो, प्रमुख प्रतिपक्ष पनि कम्युनिस्ट हो, कांग्रेस त पुच्छर हो त्यहाँ । माओवादी सुरुदेखि संसद् विरोधी पार्टी हो । कुनैपनि कम्युनिस्टमा संसदीय व्यवस्थामा हुँदैन । कम्युनिष्ट प्रणालीमा संसद् हुँदैन ।"

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro