site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमापछि सूर्यमा स्याटेलाइट पठाउँदै भारत, आदित्य–एल१ सार्वजनिक

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आफ्नो अर्को महत्वाकांक्षी मिसन आदित्य–एल१ सार्वजनिक गरेको छ

आदित्य–एल१ अन्तरिक्षमा आधारित सूर्यको अध्ययन गर्ने भारतको पहिलो भू–उपग्रह अथवा स्याटेलाइट हो ।

Dabur Nepal
NIC Asia

अगस्ट २६ मा यसको प्रक्षेपण गर्ने तयारी इसरोले गरेको छ । इसरोले सोमबार आदित्या–एल१ को पहिलो तस्बिर सार्वजनिक गरेको हो ।

यूआर राव स्याटेलाइट सेन्टर (यूआरएससी) बेंगलुरुमा बनाइएको स्याटेलाइट सतिस धवन अन्तरिक्ष केन्द्र श्रीहरिकोटामा पुर्‍याइएको छ ।

आदित्य–एल१ सूर्यको वायुमण्डलको अध्ययन गर्नको लागि बनाइएको कोरोनाग्राफ अन्तरिक्ष यान हो । यसलाई इसरो र भारतका अन्य अनुसन्धान संस्थाले निर्माण गरेको हो ।

यो स्याटेलाइटलाई पृथ्वी र सूर्य बीचको एल१ बिन्दु वरिपरिको हलो कक्षमा राखिने छ । त्यहाँबाट यसले सूर्यको वायुमण्डल, चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा त्यसको प्रभाव जस्ता अध्ययन गर्नेछ।

सूर्यको अवलोकन गर्न समर्पित पहिलो मिसन भएका कारण भारतीय अन्तरिक्ष एजेन्सीको लागि यो ऐतिहासिक मिसन हुनेछ । भारतले केही दिनअघि मात्रै चन्द्रमामा अवतरण गराउनका लागि चन्द्रयान–३ को प्रक्षेपण गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro