site stats
बाह्रखरी :: Baahrakhari
देश
वास्तविक प्रतिवादी नपाइएपछि डा. यादवलाई छाडियो : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले महोत्तरीका डा. रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र किर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा. यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जानकारी दिए ।

Argakhachi Cement Island Ad

सीआईबीले आज एक विज्ञप्ति जारी गरी भनेको छ, “नेपाल मेडिकल काउन्सिल, बाँसबारीको पत्रमार्फत रञ्जितकुमार यादवको प्रमाणपत्रको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादवको दर्ता प्रमाणपत्र र आवेदन फाराम भुलवश संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु भन्ने समेत बेहोराको प्राप्त पत्र र प्रमाण कागजातअनुसार हाल पक्राउ परेका डा. रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको यकिन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखिराख्न आवश्यक नदेखिएकाले जिम्मा जमानीमा छाडिएको छ ।”

सीआईबीले डा. यादवलाई लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा यही साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो । सीआईबीले काठमाडौं जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई पक्राउ मितिबाट लागु हुने गरी प्रथमपटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालेको थियो ।

यसअघि। सीआईबीले नियन्त्रणमा लिएका सांसद सुनील शर्मा पनि जिल्ला अदालतको आदेशले रिहा भइसकेका छन् । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा अरू ६ चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्