site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुद्दा फर्छ्योटको अवस्था उत्साहपूर्ण : कामु प्रधानन्यायाधीश

काठमाडौं । कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष, छिटोछरितो र प्रभावकारी न्यायसम्पादन गर्न न्यायपालिका गम्भीर र संवेदनशील रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल कानुन व्यवसायी परिषद्को ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले योजनाबद्ध सुधार, विशेष अभियान, न्यायाधीशलगायत सरोकारवाला सबैको प्रतिबद्धता र लगनका कारण न्यायसम्पादनमा सकारात्मक उपलब्धि देखा पर्न थालेको समेत बताए ।

अदालतमा लामो समयदेखि न्यायाधीशको दरबन्दी रिक्त रहेको अवस्थाबीच गएको आर्थिक वर्षमा देशैभरका अदालतमा मुद्दा फर्छ्योटको अवस्था उत्साहपूर्ण रहेको उनले सुनाए ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले सीमित स्रोत–साधनका बाबजुत न्याय परिषद्को कार्यसम्पादन सन्तोषजनक रहेको बताए । परिषद्को काम–कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सहयोगका लागि पहल गर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro