site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एभरेट सहरमा ‘नेपाल डे’ आयोजना गरिँदै
Ghorahi CementGhorahi Cement

बस्टन (अमेरिका) । यही अगस्ट ६ तारिखमा अमेरिकाको म्यासाच्युसेट्सको एभरेट सहरमा ‘नेपाल डे’को आयोजना गरिँदै छ । ग्रेटर बस्टन नेपाली कम्युनिटी (जीबीएनसी)ले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सुगम पोखरेललगायत नेपाली कलाकार र स्थानीय नेपाली ब्यान्डले प्रस्तुति दिनेछन् । नेपाली संस्कृति झल्कने नृत्य, नेपाली व्यवसायीका स्टलमा नेपाली परिकार, हस्तकलाका सामग्री, गरगहना, कपडा आदि राखिने जीबीएनसीकी अध्यक्ष अन्जु थापाले बताइन् ।

Dabur nepal
Agni Group

एभरेटको ग्लेन्डेल पार्कमा आयोजना हुने उक्त कार्यक्रम अपराह्न १२ देखि साँझ ६ बजेसम्म जारी रहने जीबीएनसीले जनाएको छ ।

एभरेट सहरका मेयर कार्लो डी मारियाले नेपाल डे छुटाउनै नहुने इभेन्ट भएको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पेजमा उनले नेपाल डेबारेको ‘फ्लायर’ सार्वजनिक समेत गरेका छन् ।

विगतका वर्षहरूमा समरभिल सिटीमा ‘नेपाल डे’ आयोजना गरिन्थ्यो । यो वर्ष पहिलोपटक एभरेटमा गर्न लागिएको हो । अध्यक्ष थापाका अनुसार उक्त सहरमा नेपालीको संख्या उल्लेख्य छ ।

धेरै नेपाली आप्रवासी रहेका छिमेकी सहरहरूका मेयरहरूलाई पनि ‘नेपाल डे’मा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu