राजनीति
काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नियुक्ति सिफारिसको प्रस्ताव राखेका छन् ।
अघिल्लो बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिको प्रस्ताव राख्दा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले महालेखापरीक्षक पद पनि रिक्त रहेको प्रश्न उठाएका थिए ।
यस्तै, सभामुख देवराज घिमिरेले संसदीय समिति रिक्त हुँदा संसद्को प्रभावकारितामा प्रश्न उठेको भन्दै त्यतातर्फ पनि ध्यान दिन प्रधानमन्त्रीको ध्यनाकर्षण गराएका थिए । त्यसैले प्रधानमन्त्रीले नामसहितको प्रस्ताव ल्याउने भन्दै बैठक आजका लागि तोकेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १८:१४
प्रतिक्रिया दिनुहोस्