site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड र ओलीलाई सभामुखले गरे फोन, कार्यव्यवस्था बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित टेलिफोन संवाद गरेका छन् । आज बिहान उनले नेताद्वयलाई फोन गरेका हुन् ।

त्यसक्रमा उनले निरन्तर संसद् बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।

“सम्माननीयज्यूले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो,” सचिवालयले भनेको छ ।

त्यसपछि सभामुख घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बेलाएका छन् । आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।

संसद्को अवरोध अन्त्य गर्ने विषयमा हिजो पनि सभामुखले प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro