site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रसंघको मिसनमा खटिएका नेपाली शान्ति सैनिक कतिले गुमाए ज्यान ?
फाइल तस्बिर।

काठमाडौं । गत बिहीबार दक्षिण सुडानस्थित शान्ति मिसनमा खटिएका एकजना नेपाली शान्ति सैनिक घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परे । प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या गरेको देखाए पनि वास्तविक कारण पूर्ण अनुसन्धानपछि खुल्नेछ ।

आत्महत्या गर्ने नेपाली शान्ति सैनिक थिए, जाजरकोटको खलङ्गा गाउँपालिका–६ का अमल्दार रामबहादुर बाँठा । उनी दक्षिण सुडानको रुक्बेकस्थित गणको मुख्यालयमा रहेको भेहिकल वर्कसपमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

Dabur Nepal
NIC Asia

राष्ट्रसंघको शान्ति मिसनमा खटिँदा मृत्युलाई अँगाल्ने वा मारिने रामबहादुर पहिलो व्यक्ति भने होइनन् । यसअघि, दुर्घटना तथा विद्रोहीको आक्रमणमा र आत्महत्या गरी थुप्रै नेपाली शान्ति सैनिकले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

“राष्ट्रसंघको मिसनमा नेपाली सेना जान थालेपछि हालसम्म ७३ जना नेपाली शान्ति सैनिकको विभिन्न कारण मृत्यु भएको छ,” नेपाली सेनाका निमित्त प्रवक्ता तथा कर्णेल अशोक गुरुङले बाह्रखरीसँग भने । सोही समयमा विभिन्न घटनाहरुमा ६६ जना नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो । यसको तीन वर्ष बित्न नपाउँदै नेपाली सेनाले राष्ट्रसंघको शान्ति मिसनमा सहभागिता जनाएको थियो । सन् १९५८ मा लेबनानस्थित राष्ट्रसंघको मिसनमा नेपाली सेना पहिलोपटक निरीक्षकका रुपमा सहभागी भएको थियो । त्यसपछि राष्ट्रसंघका मिसनमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा निरन्तर योगदान दिँदै आएको छ ।

नेपाली सेना राष्ट्रसंघको शान्ति सेनामा सहभागी हुन थालेको ६५ वर्ष बितेको छ । यो अवधिमा एक लाख ४५ हजार ८१३ जनाभन्दा बढी नेपाली शान्ति सैनिक राष्ट्रसंघको मिसनमा सहभागी भइसकेको निमित्त प्रवक्ता गुरुङले बताए । सहभागी भएकामध्ये महिला सैनिकको संख्या दुई हजार १८९ रहेको छ ।

अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा ठूलो संख्यामा शान्ति सैनिक उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा पर्छ । नेपाली सेनाका अनुसार हाल विश्वमा रहेका राष्ट्रसंघका १३ वटा मिसनमा ६ हजार ७३ जना नेपाली शान्ति सैनिक तैनाथ छन् । अहिले शान्ति मिसनमा तैनाथ नेपाली सैनिकमा महिला सैनिकको संख्या ५२५ रहेको छ ।

कंगो, दक्षिण सुडान, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक, लिबिया, सुडान, यमनलगायतका देशमा अहिले नेपाली शान्ति सैनिक तैनाथ रहेका छन् । राष्ट्रसंघले अनुरोध गरेमा नेपालले १० हजारसम्म शान्ति सैनिक उपलब्ध गराउने प्रतिवबद्धता जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro