site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘मिसन ०८४’ सही नेतृत्व छान्नसके मात्रै सम्भव छ : रवि लामिछाने
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उमेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उमेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उमेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । 

रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै उनले रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए । देशमा राम्रा नारा सबैले लगाउने भन्दै उनले नारा राम्रोभन्दा पनि ‘पारा’ राम्रो हुनुपर्नेमा जोड दिए । 

Argakhachi Cement Island Ad

“मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुन्छ । नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ,” सभापति लामिछानेले भने, “यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उमेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।” 

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्