site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकाली नदीमा बाढी, जलसतह सतर्कता तहनजिक
फाइल तस्बिर

काठमाडौं । भारी वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । बाढीमापन केन्द्रका अनुसार जलसतह सतर्कता तह आसपास पुगेको छ । 

महाकाली नदीमा आज जलसतह सतर्कता तह आसपासमा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यसैबीच, कमला नदीका स–साना सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । 

विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज केही नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro