site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘लाभांश हिनामिना’ मा बुद्ध एयरका सञ्चालकसहित पाँचजनाविरुद्ध दोस्रो मुद्दा दायर

काठमाडौं । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतबिरुद्ध उच्च अदालत पाटनमा दोस्रो मुद्दा परेको छ । लाभांशमा हिनामिना गरेको भन्दै वीरेन्द्रसहित पाँच जना विरुद्ध उनको भाइ शिवेन्द्रबहादुर बस्नेतले बिहीबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् ।
 
उनले सञ्चालक बस्नेत, सेयरधनी सुनिता बस्नेत, आरजु बस्नेत, आस्था बस्नेत र प्रमुख वित्तीय अधिकृत रमेश लुइँटेलविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।   उनीहरुविरुद्ध आर्थिक वर्ष (आव) २०७५–०७६ र आव २०७८–०७९ मा लाभांश हिनामिना गरेको आरोप छ ।
 
यसअघि शिवेन्द्रले गत शुक्रबार पनि कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएपछि ४० प्रतिशत सेयर हिस्सेदार प्राप्त सेयरधनीको अख्तियारी लिएर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए ।
 
बुद्ध एयरको अप्रेसनलाई असर नपर्ने गरेर मुद्दा दर्ता गरेको शिवेन्द्रले बताएका छन् । 

प्रबन्ध सञ्चालक दाजु वीरेन्द्रले ४० प्रतिशत सेयरधनीलाई बेवास्ता गरेर बहुमतको आधारमा कम्पनीको काम कारवाहीमा एकलौटी र मनपरी गरेको शिवेन्द्रको आरोप छ ।

Dabur Nepal
NIC Asia


बुबाको मृत्यु पछि कम्पनीको कुनै पनि वित्तीय विवरण दिन नमानेको र कम्पनीको नगद तथा जिन्सी हिनामिना गरेकोसमेत आरोप लगाएका छन् ।
 
कसरी सुरु भयो दाजुभाइबीचको विवाद ?

शिवेन्द्र बुद्ध एयरका संस्थापक सुरेन्द्रका कान्छा छोरा हुन् । वीरेन्द्र जेठा छोरा हुन् । सुरुमा बुबा सुरेन्द्रको नाममा बुद्ध एयरको सेयर स्वामित्व ८० प्रतिशत थियो । उनका जेठा छोरा वीरेन्द्रको नाममा २० प्रतिशत सेयर थियो ।
बुबा सुरेन्द्रबहादुरको निधन भएसँगै उनका छोराहरू (वीरेन्द्र र शिवेन्द्र)बीच सम्पत्तिलाई लिएर विवाद भएको हो ।
 
शिवेन्द्रले गत वैशाख २७ गते पत्रकार सम्मेलन नै गरेर शिवेन्द्रले ४० प्रतिशत सेयरधनीको हक खोसिएको बताएका थिए ।  त्यसलगतै बुद्ध एयरले शिवेन्द्रबहादुर बस्नेतसँग सम्बन्ध नरहेको बताएको छ ।
 
त्यसपछि बुद्ध एयरका सञ्चालक दाजुभाईद्वय वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुर बीच सम्पत्तिको विषयमा विवाद सुरु भएको थियो ।

सुरेन्द्रको निधनपछि उनको नाममा रहेको बुद्ध एयरको ८० प्रतिशत सेयरमध्ये ४०–४० प्रतिशत दुई भाइको भागमा परेको थियो । जेठा छोरा वीरेन्द्रसँग पहिले नै २० प्रतिशत सेयर थियो ।  बाँडफाँटपछि वीरेन्द्रको स्वामित्व ६० प्रतिशत पुग्यो । बाँकी रहेको ४० प्रतिशत सेयर स्वामित्व शिवेन्द्रको परिवारका सदस्यको नाममा छ ।
 
कान्छा छोरा शिवेन्द्रले आफ्नो ४० प्रतिशत सेयर स्वामित्व रहे पनि आफूलाई कम्पनीले गरिरहेको काम कारबाहीबारे कुनै जानकारी नदिएको गुनासो गर्दै आएका छन् । कम्पनीको आर्थिक अवस्था तथा आगामी योजनाहरूबारे सोधपुछ गर्दा कुनै हिसाब–किताब नदिएको उनको दाबी गर्दै आएका छन् ।
 
आफूलाई हिसाब नदिइएकाले कम्पनीमा आर्थिक अनियमितता भएको हुन सक्ने उनको आशंका छ । कानुनअनुसार हिसाब माग्दा नदिइनुले त्यही देखिएको उनको दाबी छ । उनले नौवटा एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै छलफल नगरेको बताएका छन् ।

शिवेन्द्र लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनले आफू अमेरिकामा बस्न थालेपछि बुद्ध एयरमा संलग्न नरहेकोसमेत बताए । तर आफ्नो परिवारका सदस्यको नाममा ४० प्रतिशत सेयर रहेको उनको भनाइ छ ।
 
शिवेन्द्रले उक्त सेयर २०५६ सालमा बिक्री गरेर बुद्ध एयरबाट अलग भएको बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको थियो ।
 
बुद्ध एयर २५ वर्षेदेखि नेपाली आकाशमा उडान भर्ने निजी विमानसेवा कम्पनी हो । बुद्ध एयरले ११ अक्टोबर १९९७ मा एउटा विमानबाट सेवा सुरु गरेको थियो । अहिले उक्त एयरले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा उडान गर्दै आएको छ । बुद्ध एयरले नेपालका १४ स्थान र भारत र भुटानमा (चार्टर्ड) पनि उडान गर्दै आएको छ । अहिले उसले १७ वटा विमानबाट सेवा दिइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro