site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सुडानमा हवाई आक्रमण, १६ जनाको मृत्यु

वाड मदनी, सुडान । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मंगलबार खार्तूम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।

Argakhachi Cement Island Ad

खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु भएदेखि आफ्नो जीवनलाई जोखिममा राखेर अतिआवश्यकीय सामानको आपूर्तिहरूको प्रवन्ध गर्दै आएको छ ।

समितिले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा पछिल्लो आक्रमणमा हताहत हुनेको सङ्ख्या अझै स्पष्ट नभएको जनाएको छ ।

स्थानीय बासिन्दा मोहम्मद मन्सुरले एएफपीसँग कुरा गर्दै विस्फोटबाट ध्वस्त भएका घरको भग्नावशेषबाट आठ जनाको शव निकाल्न आफूले सहयोग गरेको बताए । “भग्नावशेष नजिकैको घरमा दुई बालबालिकासहित चारजनाको मृत्यु भएको छ,” अर्की स्थानीय हागार युसुफले भनिन् ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:५५
प्रतिक्रिया दिनुहोस्