site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका यी नेता, जो निर्वाचन खर्च सार्वजनिक नगर्दा कारबाहीमा परे

काठमाडौं । निर्वाचन आयोगले निर्धारित समयमा प्रतिनिधिसभा र प्रदेशसभाको खर्च विवरण बुझाएर सार्वजनिक नगरेका उमेदवारलाई जरिबाना तोकेको छ ।

आयोगको विवरणअनुसार प्रतिनिधिसभातर्फ एक हजार ३७ जनाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेनन् । उनीहरूलाई आयोगले १५ हजार जरिबाना तोकेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जसमा सत्तारुढ नेपाली कांग्रेसका प्रतिनिधिसभातर्फका २१ जना उमेदवारले चुनावी खर्च विवरण सार्वजनिक गरेका छैनन् ।

जसमा काठमाडौं ४ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा रहेका छन् । मकवानपुरकी उमेदवार तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ पनि उक्त सूचीमा छिन् ।

त्यस्तै, परराष्टमन्त्री एनपी साउद, कांग्रेसका मुख्य सचेतक रमेश लेखक पनि कारबाहीको सूचीमा रहेका छन् । नेता विजयकुमार गच्छदार, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, शंकर भण्डारी, सन्तोष चालिसेले पनि विवरण सार्वजनिक गरेनन् ।

अजयकुमार चौरासिया, महेन्द्रकुमार राय, योगेश गौचन थकाली, विनोदकुमार चौधरी, देवेन्द्रराज कँडेल, प्रमोदकुमार यादव पनि कारबाहीमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्